अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १७ जना घाइते

पूर्ण बहादुर खड्का
अछाममा बस दुर्घटना हुदा एकजनाको ज्या’न गएको छ।
जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत मार्कुमा भएको बस दुर्घटनामा एकजनाको ज्या’न गएको हो।
मृ’त्यु हुनेमा साँफेबगर नगरपालिका वडा न। ३ का १९ बर्सिय निरज कुँवर रहेको जिल्ला ट्राफिक कार्यालय अछामले जनाएको छ।
मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुदाँ अन्य १७ जना घाईते भएका जिल्ला टाफिक कार्यालय अछामका देबेन्द्र खड्काले बताए ।
उनका अनुसार बस दुर्घटनाको थप बिबरण आउन बाँकी रहेको छ।