Techie IT

विवादित जग्गामा अस्पताल शिलान्यास, जनप्रतिनिधिले गैर जिम्मेवारीता प्रदर्शन गरेको आरोप (कुराकानी सहित)


बान्नीगढी जयगढ गाउँपालिकामा १५ शय्याको अस्पतालको शिलान्यास गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम अनुसार बान्नीगढी जयगढ गाउँपालिकामा पनि १५ शय्याको अस्पतालको शिलान्यास गरिएको हो ।

जयगढ स्वास्थ्य चौकी जयगढको स्तरोन्नति सहित १५ शय्याको अस्पताल निर्माण गर्ने परिपत्र अनुसार सोमवार प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्ट्ले अस्पतालको शिलान्यास गर्नु भएको छ ।

अस्पताल शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य बिष्ट्ले राज्यको नीति अनुरूप स्थापना हुन लागेको अस्पताल निर्माणका लागी सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताउनुभयो ।

अस्पताल निर्माणको कार्य समयमै सम्पन्न गरी नागरिकलाई सेवा प्रदान गर्नुपर्नेमा बिष्ट्ले जोड दिनु भएको छ ।

यसै बिच जयगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति सहित १५ शय्याको अस्पतालका रुपमा विकास गर्ने कार्य अनुरूप शिलान्यास गरिएको विषयमा यस क्षेत्रका नागरिक अगुवाहरूले फरक धारणा राखेका छन् ।

पूर्व जिल्ला विकास समिति सदस्य तथा नागरिक अगुवा तिलक खत्रीले जयगढ स्वास्थ्य चौकीको जग्गाका विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले विवादित विषयको टुङ्गो नलगाई अस्पतालको शिलान्यास गर्नु अस्वभनिय हुने बताउनु भएको छ ।

अस्पताल क्षेत्रको जग्गाको लालपुर्जा समेत स्वास्थ्य चौकीसँग नरहेको र सोही जग्गाको हक दावीका विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले विवादित जग्गा भित्र अस्पताल निर्माण गरिनुले जनप्रतिनिधिमा दुर्दृष्टिको अभाव देखिएको खत्रीको भनाई छ ।

जग्गाका विषयमा विवाद भई अदालतमा विचाराधीन रहेको अवस्थामा यसरी विवादित जग्गामा भवनको शिलान्यास गरी जनप्रतिनिधिले गैर जिम्मेवारी चरित्र प्रदर्शन गरेको उहाँले बताउनु भएको छ ।
बाईट :- तिलक खत्री

Radio bannigadhi · कुराकानी :- तीलक खत्री

यता वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर शेट्टिले भने बाहिर भनिएको जस्तो अस्पतालको जग्गाका विषयमा ठुलो समस्या नरहेको दाबी गर्नु भएको छ । शिलान्यास गरिएको अस्पतालको प्राविधिक प्रक्रिया पुरा भई निर्माण कार्य आरम्भ गर्ने क्रममा अदालती सबै प्रक्रिया सम्पन्न भईसक्ने वडा अध्यक्ष शेट्टिले बताउनुभयो ।
बाईट :- कुल बहादुर शेट्टि

Radio bannigadhi · कुराकानी कुल बहादुर शेट्टि

क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस