गाँजालाई लागु औषधको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान

नेपालले संयुक्त राष्ट्रसङ्घमा गाँजालाई कडा प्रकृतिको लागु औषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेको छ ।
राष्ट्रसङ्घको लागु औषधसम्बन्धी एक कार्यक्रमकाबीच नेपालसहित तीन दर्जन मुलुकले गाँजालाई कडा प्रकृतिको लागु औषधको सूचिबाट हटाउनु पर्ने पक्षमा मतदान गरेका हुन् ।
नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने मागसहित विभिन्न कोणबाट बहस भइरहेको छ ।
यस सम्बन्धमा केही सांसदले बहस नै चलाइरहेका छन् । हाल नेपालमा गाँजा उत्पादन, बिक्री, वितरण, प्रयोग गर्नुलाई कानूनले वर्जित गरेको छ ।
केही समयअघि कोरोना भाइरस कोभिड १९ विरुद्धको औषधि बनाउने क्रममा समेत गाँजाको पत्ताबाट बन्ने ड्रप्सबारे चर्चा भएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका थिए ।