Techie IT

अपाङ्गता भएकाहरूको सेवामा गाउँपालिका तत्पर : शाखा प्रमुख कुँवर


अछामको बान्नीगढी जयगढ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिको २९ औँ अन्तर्राष्ट्रिय दिवस अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कोभिड–१९ पश्चताको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूबिच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

पालिका स्तरीय अपाङ्ग सेवा समन्वय समितिका अध्यक्ष सेमन्त बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले सहजीकरण गर्नुभएको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै अधिकृत जोशीले बान्नीगढी जयगढ गाउँपालिकामा रहेका सबै अपाङ्गता भएका व्यक्तिको परिचय पत्र लिएका र यदि कसैले नलिएका भए पनि तत्काल पालिकामा निवेदन दिन आग्रह गर्नुभयो ।

कोरोना भाइरसबाट धेरै जसो अपाङ्गता भएका बालबालिका र बृद्धबृद्धा प्रभावित भएकाले गाउँपालिकाले थप राहतका कार्यक्रम ल्याउने बताउनुभयो ।

कार्यक्रममा सहभागीले कतिपय नियम कानुनहरू कार्यान्वयन नआएकाले आफूले पाउने सेवा सुविधा पाउन समस्या भइरहेको बताउनुभयो ।

कार्यक्रममा वाक नेपालका प्रतिनिधि महादेव ओझा, सु आहारकाका प्रतिनिधि सानु सेट्ठी लगायत विभिन्न वडाका १२ जना अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अप्सरा कुँवरले बान्नीगढी जयगढ गाउँपालिकामा अहिले विभिन्न समूहका ८२ जना अपाङ्गता भएका व्यक्ति रहेका र सबैले गाउँपालिकाबाट पाउने सबै सार्वजनिक सेवाहरू पाइरहेका बताउनुभयो ।

कुराकानी अप्सरा कुँवर :-

Radio bannigadhi · KURAKANI APSHARA KUNWAR

क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस