अछाममा एकै दिन यति धेरै कोरोना सङ्क्रमित थपिए

अछाममा आज एकै दिन ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

जिल्लको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा अछाममा शुक्रवार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सबै भन्दा बढी मंगलसेन नगरपालिकाका ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाका ७ जना , बान्नीगढी जयगढ गाउँपालिकाका २ जना र साँफेबगर नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी टेक बहादुर बिस्टका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ३४ जना पुरुष र ७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा ८३ जनाको स्वाबको परीक्षण गर्दा ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker