विपन्न समुदाय र ज्येष्ठ नागरिकको सेवामा तत्पर छौँ : उपाध्यक्ष साउँद

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले महिला,बालबालिका तथा ज्येष्ठ नागरिकको सम्मान र सेवाका लागी आफूहरू तत्पर रहेको बताउनु भएको छ ।
महिला,बालबालिका ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूका लागी आफूले सक्दो सहयोग गर्दै आएको दाबी गर्दै गाउँपालिका उपाध्यक्ष साउँदले उनीहरुको सम्मान र सेवामा तत्पर रहेको बताउनु भएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा ज्येष्ठ नागरिकहरूलाई न्यानो लुगा वितरण गर्दै उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न नागरिकहरूका लागी आवश्यक सहयोग गर्न सदैव तत्पर रहने उल्लेख गर्नुभयो ।
बान्नीगढी जयगढ गाउँपालिकाको लक्षित वर्गका लागी विनियोजित वार्षिक बजेट तथा कार्यक्रम अनुसार शुक्रवार वडा नम्बर ६ दर्नाका १५ जना ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ ।
वडा अध्यक्ष कृष्ण बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद रहनु भएको थियो ।
पुरुषका लागी ज्याकेट,टोपी,गलबन्दी र महिलालाई न्यानो सल, टोपी,स्विटर वितरण गरिएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाका अप्सरा कुँवरले बताउनुभयो ।
कार्यक्रमको सहजीकरण बान्नीगढी जयगढ गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा कुवँर र जयगढ प्रहरी चौकिका ईन्चार्ज रमेश भट्टले गर्नु भएको थियो ।
ज्येष्ठ नागरिकलाई न्यानो लुगा बितरण कार्यक्रमको अवशरमा १६ दिने महिला हिंसा बिरुद्धको अभियानको अवशरमा लैँगीक हिंसाका बिषयमा कानुनी सचेतना कार्यक्रम समेत गरिएको थियो ।
महिला तथा बालबालिका शाखाका अप्सरा कुँवरले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन वडा सहायक गोकुल ठकुल्लाले गर्नु भएको थियो ।