कोरोना भयावह बन्नु पूर्व सजग बनौँ : नगर प्रमुख कुँवर (कुराकानी सहित)

साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले जिल्लामा कोरोनाको भयावह स्थिति आइरहेकाले सबै सजग बन्नुपर्ने बताउनु भएको छ ।

जिल्लामा दिनानुदिन सङ्क्रमितहरू थपिँदै गएको बताउँदै नगर प्रमुख कुँवरले यसबाट क्षति हुन नदिन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनु भएको हो ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै कुँवरले कोरोना रोकथामका लागी नागरिकहरू नै जागरूक बन्नुपर्नेमा जोड दिनु भएको छ ।

जिल्लाका स्थानीय तहहरूले कोरोना नियन्त्रणका लागी सक्दो काम गरेको भए पनि नागरिक स्तरबाट विभिन्न प्रतियोगिता आयोजना गरिनु सार्वजनिक भिडभाडका कार्यक्रम गरिनुले थप सङ्क्रमणको जोखिम बढ्दै गएको कुँवरले बताउनुभयो ।

यसै बिच नगर प्रमुख कुँवरले जिल्लामा कोरोना प्रभावित क्षेत्रमा विशेष सतर्कता सहित आवश्यक कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ ।

जिल्लालाई नै पूर्ण रुपमा लकडाउन गर्नुको सट्टा कोरोना प्रभावित क्षेत्रमा विशेष सतर्कता सहित कडाइ गर्नुपर्ने कुँवरको भनाई छ ।

सुनौ नगर प्रमुख कुल बहादुर कुँवर सँग गरिएको कुराकानीको यो सम्पादित अंश :-

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker