अछाममा थप ७ जनामा कोरोना पुष्टी

अछाममा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाका ६ जना पुरुष र मंगलसेन नगरपालिकाका १ जना पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो । अछाम जिल्लामा १९९ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैविच मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायलाई कोरोना संक्रमण पुष्टी भएको छ । उपप्रमुख उपाध्यायलाई मंगलबार कोरोना पुष्टी भएको हो ।
उहाँलाई कमलबजार नगरपालिका अन्र्तगत संचालित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो । कोरोना संक्रमण भएसंगै उपप्रमुख उपाध्याय होम आईश्वलेसनमा बस्नु भएको हो ।
उपप्रमुख उपाध्यायका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।