अछाममा बुधबार थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरीएको परिक्षणमा आज थप ४६ जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा १ सय ३१ जनाको पिसिआर परिक्षण गर्दा ६ जना महिला र ४० जना पुरुष गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टी हुनेमा सबैभन्दा बढी बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । बान्नीगढीका ४ महिला र २३ पुरुष गरी २७ जना, कमलबजार नगरपालिकाका १ जना महिला, चौरपाटी गाँउपालिकाका २ जना पुरुष, मंगलसेन नगरपालिकाका १ महिला र ९ जना पुरुष गरी १० जनामा कोरोना पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताउनुभयो ।
मंगलसेन नगरपालिका पोजिटिभ १० जना मध्य १ जनाको भने दोश्रो रिपोर्ट पोजेटिभ आएको हो । यस्तै मेल्लेख गाँउपालिकाका १ जना पुरुष र साँफेबगर नगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सुचना अधिकारी बिष्टले बताउनुभयो ।
यस्तै जिल्ला बाहिरका थप ३ जनामा समेत कोरोना पुष्टी भएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक गाँउपालिकाका १ जना पुरुष र बुढीगंगा नगरपालिकाका २ जना पुरुषमा समेत कोरोना देखिएको छ ।
कमलबजार पिसिआर प्रयोगशालाले हालसम्म २ हजार ५ सय ६५ जनाको कोरोना परिक्षण गरेकोमा ३ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
यस्तै ६४ जनाको पुन परिक्षणमा २५ जनामा कोरोना दोश्रो पटक पनि पोजेटिभ देखिएको छ भने १ हजार १ सय ३५ जनाको कोरोना रिपार्ट नेगेटिभ आएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस