वडाअध्यक्ष कडायतलाई कोरोना पुष्टि

अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायत लाई कोरोना संक्रमण पुष्टी भएको छ ।

वडा अध्यक्ष कडायत लाई बुधबार कमलबजार नगरपालिकामा संचालित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो ।

वडा अध्यक्ष कडायत वडा बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रुपमा लाग्नुभएको थियो । जनताको सेवामा निरन्तर रुपमा खटिएका उहाँलाई कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण भएसंगै वडा अध्यक्ष कडायत अहिले होम आईश्वलेसनमा बस्नु भएको छ । वडा अध्यक्ष कडायतका अनुसार हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

वडा अध्यक्ष कडायतले आफ्नो सम्पर्कमा आएका व्यत्तिहरु लाई सुरक्षित रुपमा बस्न र कोरोना जाच गराई आफू वचन र अरुलाई पनि सुरक्षित राख्न आग्रह गर्नुभएको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker