Techie IT

अछाममा शुक्रवार १८ जनामा कोरोना पुष्टी


अछाममा शुक्रवार थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बान्निगढी टुडेलाइ जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलसेन नगरपालिकाका १२ जना पुरुष र ४ जना महिला, कमलबजार नगरपालिकाका १ जना पुरुष, पंञ्चदेवल बिनायक नगरपालिकाका १ जना महिला गरी १८ जनामा कोरोना पुष्टी भएकोे छ ।

अछाममा हालसम्म २७ सय २७ जनामा कोरोना परीक्षण गर्दा ४३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस