Techie IT

अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु


अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नः ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भिर बाट खसेर मृत्यू भएको हो । ६५ बर्षिया भण्डारीको आईतवार घाँस काट्ने क्रममा लडेर मृत्यु भएको मृतकका छोरा चेतराज भण्डारीले जानकारी दिनुभयो ।

आज बिहान करीब १० बजे सान्नेखोला भन्ने ठाउँमा घाँस काट्दै गर्दा लडेका भण्डारी लाई घरतिर ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

मृतकको अन्तिम दाहसँस्कार भोलि मँसिर २९ गते सैनखेतमा गरीने बताईएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

एकेन्द्र खत्री
खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस