मंगलसेन नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

मंगलसेन नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
आइतबार एक कार्यक्रमको बिच नगर प्रमुख पदम बहादुर बोहराले भवनको उद्घाटन गर्नुभएको हो ।
भवनको निर्माण कार्य सम्पन्न भइसकेपछि एक कार्यक्रमको बिच उद्घाटन गरिएको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैसीले जानकारी दिनुभएको छ ।
भवनको उद्घाटन कार्य सम्पन्न भएपछि अब केही भित्र नगरपालिकाको नवनिर्मित भवन बाट सेवा प्रवाह गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो ।
भवन निर्माणका लागि ४ करोड ९३ लाखको स्टमेट गरिएको र ३ करोड ६९ लाखमा ४ तलाको अत्याधुनिक भवन रोयल कन्स्ट्रक्सन निर्माण सेवा धनगढीले भवन निर्माण गरेको नगरपालिकाका इन्जिनियर खम्म केसीले बताउनुभएको छ ।
यसअघि साबिकको मंगलसेन गाविसको पुरानो भवनबाट सेवा प्रवाह गरिरहेको नगरपालिकाले अब नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएपछि सेवाग्राही र सेवाप्रदायकलाइ सहज हुने भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस