अछाममा आईतवार थप १५ जनामा कोरोना पुष्टि

जिल्लामा आईतबार थप १५ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुुुष्टि भएको छ ।
३ महिला र १२ पुरुष गरी १५ जनामा कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाले जनाएको छ ।
जिल्लाको तुर्माखाँद गाँउपालिकाका एक महिला र एक पुरुष, मंगलसेन नगरपालिकाका एक पुरुष, साँफेबगर नगरपालिकाका २ महिला र ३ पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले बताउनुभयो ।
सुचना अधिकारी बिष्टका अनुसार रामारोशन गाँउपालिकाका २ जना पुरुष र चौरपाटी गाँउपालिकाका ५ जना पुरुष समेत कोरोना पुष्टी भएको छ ।
आजसम्म कमलबजार पिसिआर प्रयोगशालाले २९ सय ८२ जनाको परिक्षण गरिएकोमा ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएको छ ।