वडा अध्यक्ष रावललाई कोरोना संक्रमण

अछाममा थप १ जना वडाध्यक्षलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १० जुपुका वडाअध्यक्ष नेत्र बहादुर रावललाई कोरोना संक्रमण भएको हो ।
कमल बजार नगरपालिकाको पिसीआर प्रयोगशालामा गरीएको परीक्षणमा वडाध्यक्ष रावललाई कोरोना संक्रमण पुष्टी भएको हो ।
वडाअध्यक्ष रावल अहिले घरमै होम आइसोलेशनमा बसीरहेको उहाँले बताउनुभयो ।
उहाँ कोरोना कहरका विच भारतबाट आएका नागरीकको ब्यावस्थापनमा जुट्नुभएको थियो ।