Techie IT

सरकार विरुद्ध नेविसंघ अछामद्वारा प्रदर्शन


सरकारको अकर्मण्यता, सर्वसत्तावाद र अभिनायकवादका विरुद्ध नेविसंघ अछामले विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रम अन्तर्गत नेविसंघ अछामले आज साँफेबगर हुँदै जगयढ सम्म मोटरसाइकल र्‍याली सहित सिट्ठी फुकेको छ ।

तनहुँ घटना र सरकारका अन्य दमनको प्रतिवाद गर्न नेबिसंघ केन्द्रको निर्देशन बमोजिम देशव्यापी विरोध प्रदर्शन अन्तर्गत साँफेबगर र जयगढमा मोटरसाइकल र्‍याली सहित सिट्ठी फुक्ने कार्यक्रम भएको नेबिसंघ अछामले जनाएको छ ।

नेविसंघ अछामका अध्यक्ष नृप साउदको नेतृत्वमा विरोध प्रदर्शनको कार्यक्रम गरिएको सङ्घका जिल्ला सचिव बम बहादुर स्वाँरले जानकारी दिए ।

नेबिसंघका पदाधिकारी तथा अन्य नेता कार्यकर्ताको सहभागितामा मोटरसाइकल र्‍याली सहित सिट्ठी फुक्ने कार्यक्रम गरिएको सचिव स्वाँरको भनाई छ ।

जिल्लाको सदरमुकाममा हुनुपर्ने कार्यक्रम मंगलसेन नगरपालिकामा कोरोना सङ्क्रमण दर उच्च भएका कारण नगरपालिका सिल गरिएकाले कार्यक्रम साँफेबगर सारिएको अध्यक्ष साउदले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेस अछामका सभापति भरत स्वार, दलित सङ्घ अछामका अध्यक्ष टक्कर ताम्राकार, नेपाल विद्यार्थी सङ्घका नेता डिवि सुनार, नेविसंघ नेतृ लक्ष्मी बोगटी लगायत नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

कोरोना महामारीको बेला सरकारले देखाएको उदासीनता, बढ्दो भ्रष्टाचार, महँगी, लोकतन्त्र माथिको ठाडो हस्तक्षेप लगायत सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्न विरोध प्रदर्शन गरिएको नेबिसंघ अछामका सचिव बम बहादुर स्वारले जानकारी दिए।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!