कर्मचारी संगम अछामको प्रकाशन “आँखिझ्याल” नामक पुस्तक विमोचन

कर्मचारी संगम अछामको प्रकाशन आँखि झ्याल नामक पुस्तक विमोचन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाम अगाडि शान्ति स्मारिकास्थलमा जिल्ला समन्वय समितिका प्रमुख नरबबहादुर कुँवरले पुस्तकको विमोचन गर्नुभयो ।
विमोचनका क्रममा कुँवरले आँखि झ्याल पुस्तक अछामका लागि महत्त्वपूर्ण दस्तावेज भएको भनाइ राख्नुभयो ।
कर्मचारी संगम अछामका अध्यक्ष धर्मराज ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले पुस्तकका बारेमा जानकारी गराउनु भएको थियो ।
पुस्तकमा विभिन्न क्षेत्रका २१ लेख र फोटोहरू प्रकाशित गरिएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका प्रमुख चुडामणि पराजुली, पत्रकार शिवराज ढुंगानाले मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी, अनुसन्धान अधिकृत र सामाजिक कार्यालय प्रमुख नयाँ आएको भन्दै स्वागत गरिएको थियो । संगमका उपाध्यक्ष खड्ग बहादुर विष्टको स्वागत मन्तव्यबाट शूरू भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष देबसिंह बडालले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको सहभागीता रहेको थियो ।