मेल्लेखमा पुुर्बाधार व्यवस्थापन प्रणाली सिफारिस सम्बन्धि तालिम सुरु

एकेन्द्र खत्री
मेल्लेखमा गाउँपालिकामा पुुर्बाधार व्यवस्थापन प्रणाली सिफारिस सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।
मालिका विकास सङ्घको सुशासन परियोजना अन्तर्गत मेल्लेख गाउँपालिका सूचना प्रविधि शाखाको आयोजनामा तालिमको सुरवात भएको हो ।
मेल्लेख गाउँपालिका विद्युतीय शासन प्रवर्द्धन गर्न र सूचना प्रविधिको उच्च प्रयोग तथा जनता सामु प्रविधि मार्फत पारदर्शिता र लक्षित वर्गमा प्रविधि को पहुँच सहजै पु¥याउने उद्देश्यले तालिमको उद्घाटन गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष धनबहादुर शाहको अध्यक्षतामा तालिम उद्घाटन कार्यक्रममा सुशासन परियोजना अन्तर्गत प्रविधिको माध्यमबाट के कसरी काम गर्न सकिन्छ, भन्ने विषयमा व्यापक छलफल भएको छ । जनता माझ इ सेवा पहुँच र प्रदर्शितता लागि तालिममा छलफल भैरहेको छ ।
यस्तै सुशासन परियोजना अन्तर्गत मेल्लेख गाउँपालिकाले विभिन्न सफ्टवेयर टुल बनाएर डिजिटल प्रविधि मार्फत देश तथा विदेशबाट जानकारी प्राप्त गर्न सकिने, विकास निर्माणको अनुगमन अनलाइन प्रविधिबाट गर्न सकिने, अन्य सिफारिस गर्दा कागज रहित बनाइ मेल्लेखका सबै वडाबाट अनलाइनबाट सिफारिस गरिने विषयमा पनि छलफल भइरहेको छ ।
पुर्बधार ब्याबस्थापन प्रणाली,कृषि कार्यक्रम ब्याबस्थान प्रणाली, विद्युतीय बडा पत्र गुनासो ब्याबस्थापन प्रणालीका लागि विभिन्न टुल्स,र वेइबसाइड को प्रयोग गरिने भएको छ ।
तालिम उद्घाटन कार्यक्रममा मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडका,मालिका विकास सङ्घका रतन रावल लगायत विषयगत शाखाका प्रतिनिधिको उपस्थित रहेको थियो ।
तालिम को सहजीकरण साँफेबगर नगरपालिका सूचना प्रविधि शाखा प्रमुख कविता कुवरले गरिरहनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस