Techie IT

अछाममा बुधवार थप २६ जनामा संक्रमण


अछाममा बुधवार ठुलो सङ्ख्यामा कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको कमल बजार पिसीआर प्रयोगशालामा गरीको परीक्षणमा आज बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४७ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो ।

आज कोरोना पुष्टि हुनेमा २४ जना पुरुष र २ जना महिला रहेका छन् । कमल बजार पिसीआर प्रयोगशालाका सूचना अधिकारी विष्टका अनुसार मंगलसेन नगरपालिकाका मात्रै १९ जनामा कोरोना पुष्टि भएको छ । नगरपालिकाका विभिन्न वडाका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलसेन नगरपालिकाका २७, ५८, ३१, ३४, ३७, २१, ३८, ६१, ४२, ४३, २५, ३५, २८ ३६, ३०, ३६, २६, ६, २७ वर्षीय पुरुष र ४२ बर्षीया १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै कमल बजार नगरपालिकाका २९ बर्षीय १ पुरुष, चौरपाटी गाउँपालिकाका ३० वर्षका १ पुरुष, बान्दिगढी जयगढ गाउँपालिकाका २६ बर्षीया १ महिलामा संक्रमण पुष्टी भएको हो ।

कमल बजारकै प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ४१ र ५६ बषीय २ जना पुरुष, दैलेखको आठबिसकोट नगरपालिकाका ३९ बर्षीया १ पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३० बर्षीय १ जना पुरुषमा संक्रमण पुष्टी भएको सूचना अधिकारी विष्टले बताउनुभयो ।

कमल बजार पिसीआर परीक्षण प्रयोगशालामा ३२ सय ९१ जनामा कोरोना परीक्षण गर्दा हालसम्म ५१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैविच अछामको मँगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहरालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जनताको सेवाका लागी अग्रपंतिमा रहेर काम गर्दै आउनु भएका नगर प्रमुख बोहरा लाई आज कोरोना संक्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

जनताको सेवामा खट्दै नगरका कामकाज हरुलाई प्रभावकारी र कोरोनाको सँक्रमण समुदाय स्तरमा फैलिन नदिन अहोरात्र खटिनु भएका नगरप्रमुख बोहराले आफूलाई केही असहज महसुस भएपछि यही मङ्सिर २५ गते कोरोना परीक्षणका लागी स्वाब पठाउनु भएको थियो ।

स्वाब पठाएको ७ दिनमा आफूलाई कोरोना सँक्रमण भएको रिपोर्ट आएको नगर प्रमुख बोहराले बताउनुभयो ।

उहाँले आफूलाई खान मन नलाग्ने, थकाई महसुस हुने लगायतका लक्षणहरू देखिएको पनि बताउनुभयो ।

आफूले स्वाब पठाएको दिन देखि सुरक्षित रुपमा होम आइसोलेसनमा बसिरहेको पनि उहाँले बताउनुभयो ।

यसैबिच नगरपालिकाका शिक्षा शाखा अधिकृत अम्बादत्त भट्टलाई पनि कोरोना सँक्रमण भएको प्रयोगशालाका सूचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!