कुन्तिबण्डाली स्वास्थ्य चौकीबाट प्रवाह गरिने स्वास्थ्यसेवाहरु बन्द

एकेन्द्र खत्री
अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ स्थित कुन्तिबण्डाली स्वास्थ्य चौकीबाट प्रवाह गरिने स्वास्थ्यसेवाहरु बन्द गरिने भएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत १ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलि पौष २ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि प्रसुतिसेवा बाहेकका सवै सेवाहरू बन्द गरिएको स्वास्थ्य चौकीका अहेव अर्जुन बहादुर बोहराले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पठाइएको र रिपोर्ट ठिलो आएकाले सङ्क्रमणको जोखिम हुने तर्फ सचेत बन्दै प्रसुतिबाहेकाका स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने उहाँको भनाइ छ ।
साथै उहाँले समुदायमा कुनै ब्यक्तिमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्तै महिला स्वास्थ्य संयम सेविका तथा स्वास्थ्यकर्मीसंग परामर्श मागि सचेत बन्न समेत अनुरोध गर्नुभयो ।