Techie IT

अछाममा थप ६ जनामा कोरोना संक्रमण पुष्टी


एकेन्द्र खत्री

अछाममा आज बिहीबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कमल बजार पिसीवर प्रयोगशालामा गरीको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टले जानकारी दिनुभयो ।

आज बिहीबार कोरोना पुष्टि हुनेमा ५ जना पुरुष र १ जना महिला रहेका छन् ।

कमल बजार पिसीवर प्रयोगशालाका सूचना अधिकारी विष्टका अनुसार बान्दिगढी जय गढ गाउँपालाका विभिन्न वडाका ३६,३१,३५,२८,६४ वर्षका ५ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कमल बजार पिसिआर परीक्षण प्रयोगशालाले दिएको जानकारी अनुसार २ ओटा स्थानियतहका नागरीकाको मात्रै कोरोना परिक्षण गरिएको थियो ।

कमलबजार नगरपालिकाका २० र बान्निगढी जयगढगाउँपालिकाका १७ जना गरी ३६ जनाको कोरोना परिक्षण गरिएको थियो ।

कमलबजार पिसीआर परीक्षण प्रयोगशालामा ३३ सय २८ जनामा कोरोना परीक्षण गर्दा हालसम्म ५१८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!