अछाममा थप २५ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

अछाम जिल्लामा सोमबार आज थप २५ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा विभिन्न स्थानीय तहका १ जना महिला र २४ जना पुरुष गरि थप २५ जना सङ्क्रमित थपिएका हुन ।
आज जिल्लाको मंगलसेन नगरपालिकाका सबै भन्दा बढि १२ जना थपिएका छन भने रामारोशन गाउँपालिकाका ४ जना, साफेबगर नगरपालिका र ढकारी गाउँपालिकाका २र२ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो ।
यसैबिच तुर्माखाद गाउँपालिका, पन्चदेवल बिनायक नगरपालिका, घोडाघोडी नगरपालिका, बिराटनगर उप( माहनगरपालिका र धनगढी उप( माहानगरपालिकाका समेत १र१ जनामा पनि कोरोना देखिएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले रामारोशन टुडे लाई जानकारी दिनुभयो ।
प्रयोगशालामा पछिल्लो २४ घण्टा यता जिल्लाका विभिन्न स्थानीय तहका गरि २८ जना महिला र ८२ जना पुरुष गरि १ सय ३२ जनाको कोरोना परिक्षण गर्दा २५ जना सङ्क्रमित थपिएका हुन ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ३ हजार ७ सय २ जनाको परिक्षण गरिएकोमा ५ सय ७४ जनामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस