प्रचण्ड- माधव समूहले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर

८ पुस, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो ।
नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।
बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।
यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।
छानबिन गरेर छिट्टै निर्णय दिन्छौं : प्रवक्ता श्रेष्ठ
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुबै पक्षको निवेदनको जाँचबुझ गर्ने, छानबिन गरेर निर्णय दिने बताए । ‘दुबै पक्षबाट आएको निवेदनको जाँचबुझ गर्ने, छानबिन गर्ने, दलको विधानमा रहेको व्यवस्थाअनुसार छ कि छैन, राजनीतिक दलहरुसम्बन्धी व्यवस्था अनुसार छ कि छैन भनेर आयोगले हेर्छ’
उनले भने आयोगले यस विषयमा निर्णय दिन ढिला नगर्ने पनि श्रेष्ठले बताए । ‘तत्कालै अगाडि नबढाए निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको काम नै अवरुद्ध हुन सक्छ । त्यसैले यो छिट्टै टुंगिन्छ ।’
अनलाइनखबरबाट साभार
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस