मेल्लेख गाउँपालिकामा प्रधानाध्यापक र लेखापाललाई आइईएमआइएस तालिम

लाल बहादुर चदारा, मेल्लेख अछाम ।
मेल्लेख गाउँपालिकाका प्रधानाध्यापक र लेखापाललाई आइईएमआइएस तालिम सुरु भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा प्राविधिक सहायक झापु कुमारी पेलाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो । भने विशिष्ट अतिथि जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख लक्ष्मणराज गिरि रहनु भएको थियो ।
तालिमको उद्घाटन गर्दै मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका सम्पूर्ण कार्यहरू डिजिटल प्रविधिबाट अगाडि बढाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
यस्तै तालिम उद्घाटन कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खड्काले शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै लैजान गाउँपालिकाले आवश्यक क्रियाकलाप सञ्चालन गर्ने बताउनु भएको छ ।
तालिममा मेल्लेख गाउँपालिकाका ४१ वटा विद्यालयका प्रधानाध्यापक तथा लेखापालहरूको सहभागिता रहेको छ ।
मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिमको सहजीकरण जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख लक्ष्मणराज गिरिले गरिरहनु भएको छ ।
तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख वीरेन्द्र खडकाले गर्नु भएको थियो ।