अछाम सहित सुदूरपश्चिममा थपिए यति कोरोना सङ्क्रमित

अछाममा आज थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा विभिन्न स्थानीय तहका १ जना महिला र ५ जना पुरुष गरी थप ६ जना सङ्क्रमित थपिएका हुन ।
आज जिल्लाको मंगलसेन नगरपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैबिच चौैरपाटि गाउँपालिकाका ३ जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टा यता जिल्लाका विभिन्न स्थानीय तहका गरी ५६ जनाको कोरोना परीक्षण गर्दा ५ जना सङ्क्रमित थपिएका हुन ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ३ हजार ८ सय ९९ जनाको परीक्षण गरिएकोमा ५ सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
यसैबिच कैलालीका ४४ सहित थप ८५ जनामा कोरोना सङ्क्रमण
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५३ नमुना परीक्षण गर्दा थप ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार २६ महिला र ५९ पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
आज धनगढी उप–महानगरपालिकाका थप १९ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । कैलालीको गोदावरी नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका ९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका २० जना, बेलौरीका १३ बेदकोट नगरपालिकाका ३ जना, शुक्लाफाँटाका नगरपालिकाका ४ जना र कञ्चनपुरको स्थानीय तह नखुलेका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस