अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र

एकेन्द्र खत्री
अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र रुपमा अघि बढाइएको छ ।
दोस्रो चरणको अभियान अन्तर्गत अहिलेसम्म अछाममा बुधवारसम्म ८३ ओटा छाउगोठ भत्काइएका छन् ।
पुस ४ गते देखी अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको थियो ।
दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भईरहेकोे जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
छाउगोठ भत्काउने अभियान अन्तर्गत चौरपाटी गाउँपालिकामा २८ ओटा छाउगोठ भत्काइएका छन् ।
यस्तै मेल्लेख गाउँपालिकामा २१, पञ्चदेवल विनायक नगरपालिकामा २९र तुर्माखाद गाउँपालिकाका ८ अहिलेसम्म ८३ ओटा छाउगोठ भत्काइएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
यसैबिच बान्निगढी जयगढ गाउँपालिकामा पनि दोस्रो चरणको छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।
जस अन्तर्गत आज बिहीबार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा ५ ओटा छाउगोठ भत्काइएका छन् ।
वडा अध्यक्ष कुल बहादुर शेठ्टीको नेतृत्वमा गएको सरोकारवाला तथा सुरक्षाकर्मीको टोलीद्वारा बर्दादेवी गाविसका साबिकको वडा नम्बर १ देखी ५ सम्मका विभिन्न टोलका ५ वटा छाउगोठ भत्काइएका हुन् ।
अभियानमा वडा अध्यक्ष शेट्टिसंगै जयगढ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रमेशराज भट्ट लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।
यसै बिच रेडियो बान्निगढी सँग संक्षिप्त कुराकानी वडा अध्यक्ष कुल बहादुर शेट्टिले विभिन्न जनचेतना मूलक सन्देश फैलाउँदै छाउगोठ भत्काउन थालिएको बताउनु भएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस