Techie IT

अछाममा मतदाता नामावली सङ्कलन कार्य स्थगित


अछाममा मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको छ ।

मध्यावधि निर्वाचनको मिति घोषणा भए लगत्तै जिल्ला निर्वाचन कार्यालय अछामले मतदाता नामावली सङ्कलनको कार्य स्थगित गरेको हो ।

अब अहिलेसम्मका नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ ।

पुस ६ गतेको निर्वाचन आयोगको सूचना अनुसार जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय अछामका निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिनुभयो ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली सङ्कलन गरिरहेको थियो ।

निर्वाचन आयोगले सबै जिल्लामा मतदाता नामावली सङ्कलन कार्य रोकको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!