केपी ओलीको कदमप्रती खेद प्रकट गर्दै नेकपाको भेला कालिकामा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी नेकपाको भेला कालिकामा सम्पन्न भएको छ ।
नेकपा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ सङ्गठन कमिटीका अध्यक्ष जगत लुहारको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य जगत बहादुर रावलको प्रमुख आतिथ्य तामा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य मदन भुल,जिल्ला सल्लाहकार समिति सदस्य तर्क रावल,लाल कामी,शिक्षक महासङ्घ बान्नीगढीका अध्यक्ष धिरेन्द्र बहादुर रावल,शिक्षक सङ्गठनका पालिका अध्यक्ष भगवती कुँवर लगायत अतिथि रहनु भएको थियो ।
भेलाबाट नेकपा भित्र देखिएको विवादका सन्दर्भमा वडा तहमा कुनै पनि प्रभाव पर्न नदिने गरी पार्टी सङ्गठनको पक्षमा काम गर्दै अगाडी बढ्ने निर्णय गरिएको छ ।
भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदमप्रति खेद प्रकट गर्दै संसद् पुनः स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै कार्यक्रमका सहभागीले बाम पन्थी एकतालाई थप मजबुन बनाउँदै नेकपाको सङ्गठनमा एकबद्ध भएर लागी पर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रमको सञ्चालन वडा सङ्गठन कमिटीका सचिव हिरेण्ड साउँदले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस