Techie IT

अछाममा शुक्रबार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि


एकेन्द्र खत्री
अछाममा शुक्रबार १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९२ जनाको कोरोना परीक्षण गरिएकोमा १३ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले रेडियो बान्निगढीलाइ जानकारी दिनुभयो ।

आज थपिनेमा सबैभन्दा बढी बान्निगढी जयगढ गाउँपालिकाका रहेका छन् । बान्निगढी जयगढ गाउँपालिकाका ३ जना महिला र ६ जना पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै चौरपाटी गाउँपालिकाका १ जना, ढकारी गाउँपालिकाका १ जना, मंगलसेन नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीको केआइसिंह गाउँपालिकाका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार ५० जनाको परीक्षण गरिएकोमा ५ सय ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

हाल अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ सय ३८ जना पुगेको छ ।

जिल्लामा अहिले सक्रिय सक्रमितको संख्या २८५ जन रहेको छ ।

हाल सम्म १३४८ जनाले ाकेरोनालाई जितेका छन ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!