Techie IT

अछाममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ९० पुग्यो


एकेन्द्र खत्री
अछाममा आज थप १ जनामा कोरोेना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।

आज थपिने ढकारी गाउँपालिकाका २३ वर्षका १ जना पुरुष हुन ।

कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार १ सय ३५ जनाको परीक्षण गरिएकोमा ६ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।

हाल अछाममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ सय ४२ जना पुगेको छ ।

जिल्लामा अहिलेसम्म १३ सय ४८ जना निको भई घर फर्केका छन् भने २ सय ९० जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमित मध्यका २ सय ७८ जना होम आइसोलेसनमा र २ जना अस्पतालमा उपचाररत रहेका छन् ।

जिल्लामा ५ जना सङ्क्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस