मेल्लख गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन

मेल्लेख गाउँपालिकाका आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ ।
जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रको नागरिक आरोग्य सेवा केन्द्र अन्तर्गत आज मेल्लेख गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।
मेल्लेख गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चित्रराज जोशीको अध्यक्षतामा भएको आयुर्वेदिक स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही प्रमुख अतिथि रहनु भएको थियो ।
आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष शाहीले मेल्लेख गाउँपालिकामा आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेकामा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र अछामलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गर्नका लागी आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको उहाँले बताउनु भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका डाक्टर गजेन्द्र प्रसाद कुसुहाले दुर्गम ठाउका नागरिकहरूलाई पनि आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागी मेल्लेखमा शाखा बिस्तार गरिएको बताउनु भएको छ ।
आयुर्वेदिक स्वास्थ्य केन्द्र उद्घाटनमा मेल्लेख गाउँपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो । महिला तथा बालबालिका शाखा प्रमुख ज्वाला रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मेल्लेख गाउँपालिकाका रोजगार संयोजक विक्रम भण्डारीले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस