Techie IT

धनगढी पुगेर भीम रावलले भने, ‘ओलीले विश्वासघात गरे’


नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको आरोप लगाएका छन् ।

धनगढी पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै रावलले यस्तो बताएका हुन् । उनले जनतालाई धोका दिने र विश्वासघात गर्ने काम प्रधानमन्त्री ओलीबाट भएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गरेर देश र जनताप्रति गम्भिर घात गरेको रावलको आरोप थियो ।

ओलीले स्थायी कमिटीको बैठले गरेका निर्णय कार्यान्वयन गर्न पनि वेवस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिईएन भन्नु लज्जासपद भएको प्रतिक्रीया दिए ।

बालुवाटारमा ओलीले पक्षले गरेको केन्द्रिय समितीको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाई थियो ।

खवरकुञ्जबाट साभार


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस