ज्येष्ठ नागरिकलाई कम्बल वितरणबारे के भन्छन् अछामका सिडियो उपाध्याय ? ( कुराकानी सहित )

जिल्ला प्रशासन कार्यालय अछामले ज्येष्ठ नागरिकहरूलाई कम्बल वितरण कार्यको थालनी गरेको छ ।
जिल्लाका अति विपन्न तथा बेसहारा ज्येष्ठ नागरिकहरूलाई यही पौष एक गतेदेखि कम्बल वितरण गर्न सुरु गरिएको हो ।
बृद्धबृद्धालाइ थोरै भए पनि चिसोबाट बच्न राहत मिलोस् भन्ने उद्देश्यले कम्बल वितरण सुरु गरेको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
आर्थिक अवस्था निकै कमजोर भएका तथा सहारा कोही नभएका ज्येष्ठ नागरिकलाई बढी प्राथमिकता दिने गरेको उपाध्यायले उल्लेख गर्नुभयो ।
अहिले सम्म २५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ ।
यसैबिच आज हामीले जिल्ला प्रशासन कार्यालयले हालसालै सुरु गरेको ज्येष्ठ नागरिकलाई कम्बल वितरण कार्यका विषयमा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायसँग कुराकानी गरेका छौँ ।
कुराकानी :-