अछाममा एकै दिन १ सय ५३ जनाले कोरोना जिते

एकेन्द्र खत्री
अछाममा सोमबार १ सय ५३ जनाले कोरोना जितेका छन् ।
कोरोना सङ्क्रमण भएर होम आइसोलेसन तथा अस्पतालमा उपचाररत जिल्लाका विभिन्न स्थानीय तहका गरी १ सय ५३ जनाले कोरोना जितेका हुन ।
जिल्लामा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ३८ जनामा झरेको छ ।
अछाममा हालसम्म १६ सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १५ सय १ जान कोरोना सङ्क्रमित स्वस्थ भएर घर फर्की सकेका छन् । भने सक्रिय सङ्क्रमित १३८ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
अछाममा ५ जनाको कोरोनाकै कारण ज्यान गैसकको छ ।
यसैविच जिल्लामा आज थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८४ जनाको कोरोना परीक्षण गरिएकोमा १ जनामा सङ्क्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
आज थपिने साँफेबगर नगरपालिकाका ४८ वर्षका १ जना पुरुष हुन ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार २ सय १९ जनाको परीक्षण गरिएकोमा ६ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस