अछाममा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

एकेन्द्र खत्री
अछाममा विहीबार आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जनामा सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर विष्टले जानकारी दिनुभयो ।
विहीबार कोरोना सङ्क्रमण पुष्टि हुनेमा १ महिला र ६ जना पुरुष हुन् । उनीहरू सबै जिल्लाको रामारोशन गाउँपालिकाका हुन् ।
रामारोशन गाउँपालिकाका २२ वर्षका १ जना महिला र २८,३९,३६,३८,३५,३५ वर्षका ६ जना परुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कमलबजार प्रयोगशालाका सूचना अधिकारी विष्टले बताउनुभयो ।
कमलबजार प्रयोगशालामा अहिले सम्म ४ हजार ३ सय १ जनाको परीक्षण गरिएकोमा ६ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ ।
जिल्लामा अहिले ५९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाबाट अहिलेसम्म १५सय ८५ जना निको भएका छन् । भने ५ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस