समाज सुधार सेवा नेपालद्वारा सरसफाईमा तिब्रता

आफ्नो गाउँ आफै बनाऊ भन्ने मूल भावना बोकेको सामाजिक संस्था समाज सुधार सेवा नेपाल अछामले मंगलसेन नगरपालिकामा सरसफाइको कार्यक्रममा तीव्रता दिएको छ ।
संस्थाले मंगलसेन नगरपालिकाका ४ ओटा वडामा सरसफाइ कार्यक्रम गरी सकिएको छ ।
नगरपालिकाका वडा नम्बर १,२,३,५ मा कार्यक्रम सम्पन्न भइसकेको छ । जस अन्तर्गत आज वडा नम्बर ३ विसाकोटको तिखडा बजार तथा शिव निवास आधारभूत विद्यालयको परिसर मा सरसफाइ तथा गोरेटो बाटो विस्तार गरिएको छ ।
समाज सुधार सेवा नेपाल अछामका अध्यक्ष वसन्त राज भाटको संयोजकत्वमा गरिएको सरसफाइ कार्यक्रममा फोहर मैला, झारपात र वर्षौ देखि थुप्रिरहेका प्लास्टिकका टुक्राहरू व्यवस्थित गरि नष्ट गरिएको छ ।
साथै सरसफाइ कार्यक्रममा सहभागी संस्थाका अन्य सदस्यहरूले गाउँ समाजमा फोहोर हुन नदिन सबैले सचेत हुनुपर्ने र वातावरणीय प्रतिकुलमा असर नपर्ने गरी दैनिक क्रियाकलाप गर्न आग्रह गरेका छन् ।
संस्थाले विगतमा पनि विभिन्न सामाजिक कार्यहरू गरेको थियो ।
सरसफाइ कार्यक्रममा अभियानमा वडा नम्बर ३ का वडा अध्यक्ष पदम सिंह भाट, संस्थाका सल्लाहकार सदस्यहरू खकेन्द्र भण्डारी र मदन कुवर, संस्थाका सदस्यहरू भीम राज भाट र देवु भाट, वडा नम्बर ३ का उपसमितिका संयोजक नन्द सिंह साउदको लगायतको सहभागिता रहेको थियो ।