ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरीले सर्वसाधारण पिडामा

ढकारी प्रहरी चौकीका इन्चार्ज लाल सिङ बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन् ।

ढकारी प्रहरी चौकीमा कार्यरत सइ लाल सिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो आएको छ ।

इन्चार्ज बिष्ट ड्युटीमा गाउँतिर जाँदा जनताहरू सुरक्षा भन्दा असुरक्षाको महसुस गर्न थालेको ढकारी गाउँपालिका २ का प्रकाश बहादुर साउँदले बताउनु भयो  ।

साउँदले भन्नुभयो प्रहरी चौकीका इन्चार्ज गाउँजादा सर्वसाधारणबाट दादागिरी शैलीमा सोझा साझा नागरिकहरु र  महिलाहरुबाट पैसा, कुखुरा असुल्ने गरेको बताउनु भयो ।

गाउँपालिकाले निषेध गरेको कमसल कालका मदिरा नियन्त्रणको निउमा गाउँजाने इन्चार्ज बिष्टले सोझा महिला तथा बृद्धाहरुबाट तर्काएर पैसा,घरमा पालेका कुखुरा जवरजस्ती उठाएर हिँड्ने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

इन्चार्ज बिष्टले ढकारी गाउँपालिका वडा नं. ४ का नरुदेवि बुढाको पसलमा श्रीमान नभएको बेलामा खल्तीमा राखेको पैसा जबरजस्ती हात हालेर लिएको पीडित नरुदेवि बुढाले बताउनु भयो ।

आफूलाई दम्काएर जबरजस्ती खल्तीमा रहेको पैसा लिएर गएको बताउनु भएको छ । यस्तै ढकारी गाउँपालिका ५ का बिरु बुढालाई बिना कारण धम्काएर घरमा भएको लोकल भाले लिएको उहाँले बताउनुभयो ।

उता प्रहरी चौकी ढकारीका इन्चार्ज बिष्टले नरुदेबि बुढाको खल्तीबाट पैसा झिकेर लिएको स्वीकार गरेका छन् । साथै आफुले गल्ती गरेको र माफि माग्न तयार रहेको बताएका छन् ।

समाजमा शान्ति शुरक्षा कायम गर्नुपर्ने मुख्य दायित्व रहेको नेपाल प्रहरीले यस्ता कार्यहरु गर्दा आम जनसमुदायमा प्रहरी प्रतिको धारणा र बिश्वसनीयता रहिरहला भन्न सकिने अवस्था छैन ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker