नेकपा ढकारीको विस्तारित बैठक सम्पन्न

एकेन्द्र खत्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ढकारी गाउँपालिका सङ्गठन कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।
गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष धर्म बहादुर साहीको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा भित्र देखिएको विवादका सन्दर्भमा ढकारी सङ्गठन कमिटी तहमा कुनै पनि प्रभाव पर्न नदिने गरी पार्टी सङ्गठनको पक्षमा काम गर्दै अगाडी बढ्ने निर्णय गरेको छ ।
यस्तै वामपन्थी एकतालाई थप मजबुत बनाउँदै नेकपाको सङ्गठनमा एकबद्ध भएर लागी पर्ने पनि नेता तथा कार्यकर्ताले बताएका छन् ।
विस्तारित बैठकमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य तथा ढकारी गाउँपालिका सङ्गठन कमिटी सह इन्चार्ज शेर बहादुर बुढा रहनु भएको थियो भने अन्य अतिथिहरू सह इन्चार्ज नृप थापा, जिल्ला कमिटी सदस्य एकेन्द्र साही लगायत नेकपामा आस्थावान् सम्पूर्ण नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
विस्तारित बैठकको सञ्चालन ढकारी गाउँपालिका सङ्गठन कमिटीका सचिव केशव राज देवकोटाले गर्नुभएको नेकपा ढकारी गाउँपालिका सङ्गठन कमिटी सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख देवेन्द्र बहादुर बुढाले जानकारी दिनुभयो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस