अछाममा कोरोना परीक्षण घट्यो

एकेन्द्र खत्री
अछाममा कोरोना परीक्षणको दायरा घटेको छ ।
जिल्लामा सरदर ३५ देखी ४० जनाको मात्रै कोरोना परीक्षण हुन थालेको छ ।
कोरोना परीक्षणको दायरा घटाइएसङै पछिल्लो पटक कोरोना सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ ।
अछाममा शनिवार आज थप १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लाको मंगलसेन नगरपालिकाका १ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको कमल बजार प्रयोगशालाका सु चना अधिकारी टेकबहादुर विष्टले रेडियो बान्निगढीलाइ जानकारी दिनुभयो ।
कमल बजार प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३५ जनाको नमुना परीक्षण गर्दा १ जनामा सङ्क्रमण भएको हो ।
प्रयोगशालामा अहिलेसम्म ४ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएकोमा ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ ।
यसैबिच अछाममा कोरोना निको हुनेको सङ्ख्या बढेको छ ।
जिल्लाका विभिन्न स्थानियतहहरुले दोस्रो पटक गाउँपालिका तथा नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायर व्यापक बनाए सँगै कोरोना सङ्क्रमित निको हुनेको दर बढेको हो ।
जिल्लामा कुल सङ्क्रमित १६ सय ५० जना मध्ये १५ सय ८५ जनाले कोरोना भाइरसलाई पराजित गरी घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामसँग तथ्याङ्क रहेको छ ।
अछाम जिल्लामा १२ सय ९८ पुरुष र ३ सय ५२ जना महिला गरी १६ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
हाल जिल्लामा ६० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।