अछाममा १० लिटर घरेलु मदिरा बरामद

अछाम प्रहरी अवैध मदिरा नियन्त्रणमा सक्रिय बनेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले घरेलु तथा अवैध न्यून गुणस्तरको मदिरा नष्ट गरिरहेको छ ।
जस अन्तर्गत जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ पर्भाको टोटाशालमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीको टोलीले १० लिटर अवैध घरेलु मदिरा र ३० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पास बरामद गरी नष्ट गरेको छ ।
प्रहरी चौकी साँफेबजारका प्रहरी सहायक निरीक्षक लाल बहादुर बुढा ऐरको नेतृत्वमा गएको प्रहरीको टोलीले टोटाशाल निवासी पुरुन् कुँवरले घरेलु मदिरा तयार पार्दै गरेको अवस्थामा उक्त परिमाणमा मदिरा बरामद गरी नष्ट गरेको हो ।