बान्निगढीमा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु

बान्निगढी जयगढ गाउँपालिकामा पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ ।

गाउँपालिकामा ४ ओटा केन्द्र निर्धारण गरेर राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको हो ।

जस अन्तर्गत आज सोमबार वडा नम्बर ४ तिमिल्सैनमा १५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

वडाध्यक्ष कर्ण ठकुल्लाका अनुसार पुस २९ गतेसम्म राष्ट्रिय परिचयपत्र वितरण गरिने छ । उहाँले नागरिकता प्राप्त गरेकालार्ई सबैलाई परिचयपत्र वितरण गरिने बताउनुभयो ।

नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स ९औँठा० छाप सहितको विवरण भएको परिचयपत्र वितरण हुने छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker