समाज सुधार सेवा नेपाल संस्था सामाजिक कार्यमा सक्रिय

समाज सुधार सेवा नेपाल संस्था अछामले पछिल्लो समयमा सरसफाइ तथा गोरेटो बाटो मर्मत कार्यलाई तीव्रता दिएको ।
आफ्नो गाउँ आफै बनाऊ भन्ने मुख्य उद्देश्यका साथ उक्त कार्यलाई निरन्तरता दिएको हो ।
जस अनुसार आज मंगलसेन नगरपालिका वडा नम्बर ४ को बड रुख देखी मष्टामाण्डु सम्मको गोरेटो बाटो सरसफाइ तथा उक्त ठाउँमा रहेको कुवाको समेत मर्मत गरिएको बताइएको छ ।
संस्थाका केन्द्रीय अध्यक्ष वसन्त भाटको संयोजकत्वमा उक्त कार्यक्रम गरिएको हो ।
सरसफाइ कार्यक्रममा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख टोप बहादुर रावल सहित विभिन्न सरोकारवालहरूको सहभागिता रहेको थियो ।
संस्थाले अहिलेसम्म ५ ओटा वडामा सरसफाइ कार्यक्रम सम्पन्न गरिसकेको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस