अछाममा थप २३ जना कोरोना सङ्क्रमित निको

अछाममा सोमबार २३ जनाले कोरोना जितेका छन् । कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा उपचाररत जिल्लाका विभिन्न स्थानीय तहका गरी २३ जनाले कोरोना जितेका हुन ।

जिल्लामा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० जनामा झरेको छ ।

अछाममा हालसम्म १६ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १६ सय ८ जना कोरोना सङ्क्रमित स्वस्थ भएर घर फर्की सकेका छन् । भने सक्रिय सङ्क्रमित ४० जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

अछाममा ५ जनाको कोरोनाकै कारण ज्यान गैसकको छ ।

एकेन्द्र खत्री

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker