नेकपाको भेला घोडाखानमा सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ढकारी गाउँपालिका वडा नम्बर ७ घोडाखान सङ्गठन कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।
वडा नम्बर ७ सङ्गठन कमिटीका अध्यक्ष दिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा भित्र देखिएको विवादका सन्दर्भमा ढकारी गाउँपालिका वडा नम्बर ७ सङ्गठन कमिटीमा पार्टी एकताका पक्षमा काम गर्ने निर्णय गरेको छ ।
पार्टी एकतालाई थप मजबुत बनाउँदै नेकपाको सङ्गठनमा एकबद्ध भएर लाग्न पनी नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ ।
प्रधानमन्त्री केपी वलिले गरेको असंवैधानिक कदमका विरुद्ध एक भएर संर्घषका कार्यक्रम गर्ने बैठकले निर्णय गरेको नेकपा ढकारी गाउँपालिका सङ्गठन कमिटी सचिवालय सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख देवेन्द्र बहादुर बुढाले जानकारी दिनुभयो ।
विस्तारित बैठकमा प्रमुख अतिथि प्रमुख अतिथि जिल्ला कमिटी सदस्य तथा ढकारी गाउँपालिका सङ्गठन कमिटी सह इन्चार्ज शेर बहादुर बुढा लगायत सह इन्चार्ज नृप थापा, गाउँपालिका सङ्गठन कमिटी सचिवालय सदस्यहरू र वडा कमिटी सदस्यहरू को सहभागी रहेको थियो ।
बैठकको सञ्चालन वडा कमिटी सचिव ललिचन थापाले गर्नुभएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस