स्कुल सम्पर्क कार्यक्रम जनकल्याण माविमा सम्पन्न

जिल्ला प्रहरी कार्यालय अछामले सामाजिक सञ्जालको दुरुपयोग सम्बन्धि ‘स्कुल सम्पर्क कार्यक्रम’ सम्पन्न गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक सञ्जालको प्रयोग, यसको फाइदा तथा बेफाइदाका बारेमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछाम मातहत इलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत छात्रा र छात्रहरूलाई सामाजिक सञ्जालको प्रयोग, यसको प्रयोगका फाइदा तथा दुरुपयोग हुँदाका परिणामहरू र साइबर अपराध सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
पछिल्लो समय स्कुलमा सामाजिक सञ्जालको व्यापक दुरुपयोग भएको पाइन्छ । प्रहरीको यो अभियानले विद्ययार्थीहरुमा सचेतना विस्तार हुने देखीएको छ ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस