शिशुको स्वास्थ्यप्रति सचेत बन्दै अछामका महिला (रिपोर्ट सहित)

अछाममा आमाहरू आफ्नो र शिशुको स्वास्थ्यप्रति सचेत हुँदै गएका छन् ।

विभिन्न सङ्घ संस्थाहरूले सचेतनाका कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रभाव आमाहरूको व्यवहारमा देखिएको हो ।

रामारोशन गाउँपालिका वडा नम्बर ४ की डम्बरी विष्ट अहिले आफ्नो र शिशुको स्वास्थ्यका बारेमा जथाभाबी निर्णय लिने नगरेको बताउनु हुन्छ । सामान्यतया खाना खुवाउनुपर्छ भन्ने मान्यता उहाँमा थियो तर पोषणयुक्त खाना खुवाउनुपर्छ भन्ने थाहा पाएपछि व्यवहारमा परिवर्तन ल्याउनुभएको हो ।

उहाँ मात्रै नभएर पहिले पहिले अछाम जिल्ला भरीका महिलाहरू पेट भर्नका लागि बालबालिकालाई बिस्कुट र चाउचाउ खुवाउने गर्दथे । तर अहिले दुवै आमाहरू आमा अहिले सचेत बनेका छन् ।

बालबालिकालाई अत्यावश्यक रुपमा पोसिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सजिलो भएको अनुभव तुर्माखाँदकी आकाङ्क्षा साहीसँग छ । अछाममा करिब ७ वर्षदेखि आमा र बच्चाको पोषण स्थिति सुधार्न ‘हरेक बार, खाना चार’ को अवधारणा ल्याइएको छ ।

७ वर्षसम्म चलेको यो कार्यक्रमले महिलाहरूमा सचेतना बढाएको मंगलसेन नगरपालिकाका बहु क्षेत्रीय पोषण कार्यक्रमका संयोजक सिद्ध ढुङ्गानाले बताउनु भयो । बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुपक्षीजन्य खाना खुवाउनुपर्ने कुरामा यो कार्यक्रमले जोड दिने गरेको छ ।

बहु क्षेत्रीय पोषण कार्यक्रमले जिल्लाको सबै स्थानीय तहका सुनौला हजार दिनका महिलामा चेतना विस्तारको लक्ष्य लिएको छ । विगतको वर्षहरूमा वर्षेनी थुप्रो सङ्ख्यामा गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुको अकालमै ज्यान जाने गरेको भए पनि बिस्तारै सो क्रम घट्न थालेको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार नियमित गर्भ जाँच, संस्थागत सुत्केरी, खोप, नियमित सरसफाइ लगायतका विषयमा आमाहरूको चेतना वृद्धि भएको कारणले मातृ तथा नवजात शिशु मृत्यु दरमा कमी आइरहेको छ । आमा र शिशुको बृद्दि र विकासको लागि पोसिलो खाना खानुपर्छ महिलाहरू सचेत हुन थालेका छन् ।

रिपोर्ट :-

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker