Techie IT

चिसोमा बालबालिकाको स्याहार कसरी गर्ने,यस्तो छ बाल रोग विशेषज्ञ डाक्टर साउँदको सुझाव


चिसो याममा बालबालिकालाई विभिन्न रोगको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउन बाल रोग विशेषज्ञ डा. मोहन साउदले आग्रह गर्नुभएको छ ।

माया मेट्रो अस्पताल धनगढीका प्रबन्ध निर्देशक समेत रहनु भएका डा. साउदले रेडियो बान्निगढीसंग संक्षिप्त कुराकानी गर्दै चिसो याममा बालबालिका तथा नवजात शिशुलाई विभिन्न रोगबाट बचाउन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।

चिसो मौसममा बालबालिकाहरूलाई विभिन्न रोगका ब्याक्टेरियाले सजिलै आक्रमण गर्ने भएकाले सङ्क्रमणको जोखिम बढी हुने उहाँको भनाई छ ।

डाक्टर साउदले अहिले माया मेट्रो अस्पतालमा पनि रुघा, खोकी , दम, निमोनिया, डायरियाजस्ता रोगहरूले ग्रसित बालबालिकाहरू अत्यधिक आउने गरेको बताउनुभयो ।

यस्तै बाल रोग विशेषज्ञ डाक्टर साउदले सकेसम्म बालबालिकाहरू आगोको नजिकै नराख्न अर्थात् नजिकै लगेर नसेक्न आग्रह गर्नुभएको छ । आगोको नजिकै लगेर बालबालिकाहरूलाई सेक्दा श्वासप्रश्वासमा गम्भीर समस्या देखा पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

यसैबिच आज हामीले चिसो याममा बालबालिकाहरूलाई लाग्ने रोग र बच्ने पाएका बारे बाल रोग विशेषज्ञ डाक्टर मोहन साँउदसंग कुराकानी गरेका छौँ ।

कुराकानी सहित :-

Radio bannigadhi · बाल रोग विशेषज्ञ डा. मोहन साउद

क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!