केपी ओली निरङ्कुश प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएको काँग्रेस नेता पाण्डेको आरोप

नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डेले केपी ओलीले आफूमा महाराज भएको चेष्टाका साथ देशदौडमा निस्किएको आरोप लगाएका छन् ।
सुदूरपश्चिम भरी कुनै पनि कालो कपडा प्रयोग गर्न नपाइने ओलीको उर्दीले त्यसको सङ्केत गरेको नेता पाण्डेको भनाई छ । जयगढमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य पाण्डेले केपी ओली नेतृत्वको सरकारले कुनै सिन्को समेत भाँच्न नसकेको आरोप लगाउनुभयो ।
दुई तिहाइ नजिक रहेको नेकपाको सरकारको स्थिर सरकार बन्दा समेत देशमा विकास लगायतका कुनै पनि कार्य अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
नेकपाको सरकार आएदेखि नै देशमा अस्थिरता सुरु भएको बताउँदै उहाँले देशको राष्ट्रपतिबाट संविधानको रक्षा हुनुको साटो कुल्चने काम मात्रै भएको दाबी गर्नुभयो ।
यस्तै काँग्रेस नेता पाण्डे केपी ओली पनि निरङ्कुश प्रधानमन्त्री बनेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस प्रदेश सभा ख का संयोजक डम्बर स्वारकोे अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस नेता पाण्डे प्रमुख अतिथि रहनु भएको थियो ।
जिल्ला कार्य समिति सदस्य चन्द्रसिंह लुहारले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन पूर्ण विकले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस