अछाममा दोस्रो चरणको छाउगोठ भत्काउने अभियानबारे के भन्छन् डिएसपी थापा

अछाममा दोस्रो चरणको अभियान अन्तर्गत हिजो बिहीबार सम्म ५ सय ४६ वटा छाउगोठ भत्काइएका छन् ।
पुस ४ गते देखी अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरिएको थियो ।
दोस्रो चरणको छाउगोठ भत्काउने अभियान अन्तर्गत जिल्लाका विभिन्न वडामा रहेका छाउगोठमा बस्नेहरूको अवस्था र छाउगोठका बारेमा जानकारी लिने काम भईरहेकोे जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । छाउगोठ भत्काउने अभियान अन्तर्गत बान्निगढी जयगढ गाउँपालिकामा १ सय १३ वटा छाउगोठ भत्काइएका छन् ।
चौरपाटी गाउँपालिकामा १ सय ४४ वटा छाउगोठ भत्काइएका छन् । यस्तै मेल्लेख गाउँपालिकामा ६४, पञ्चदेवल विनायक नगरपालिकामा १ सय १९ जना, तुर्माखाद गाउँपालिकाका १४ ओटा छाउगोठ भत्काइएका छन् भने मंगलसेन नगरपालिकामा २ ओटा छाउगोठ भत्काइएका छन् ।
साँफेबगर नगरपालिकामा ३१ ओटा छाउगोठ भत्काइएका छन् । यसैबिच कमल बजार नगरपालिकामा १७ ओटा र ढकारी गाउँपालिकामा १५ ओटा र रामारोशन गाउँपालिकामा ४१ ओटा आउगोठ भत्काइएको भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामको तथ्याङ्कले जनाएको छ ।
रेडियो बान्निगढीसँग संक्षिप्त कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी योगेन्द्र सिंह थापाले जिल्लामा दोस्रो चरणको छाउगोठ भत्काउने अभियान तीव्र बनाइएको र सबै नागरिकलाई यस अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
पछिल्लो समय जनचेतना विस्तार भएसगैं महिनावारी समयमा घरमै बस्ने परम्पराको विकास हुँदै गएको भए पनि ग्रामीण भेगहरूमा यो प्रथा कायमै रहेको छ ।
यसै बिच आज हामीले अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्र सिंह थापासँग जिल्ला प्रहरी कार्यालय अछामले पछिल्लो पटक सञ्चालन गरिएको छाउगोठ भत्काउने अभियानको प्रभावका बारेमा कुराकानी गरेका छौ ।
कुराकानी : डिएसपी थापा