प्रचण्ड, माधव पक्ष अछामबाट प्रधानमन्त्री ओलीलाई विरोध पत्र

नेकपा प्रचण्ड, माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय अछाम मार्फत विरोध पत्र बुझाएको छ ।

गत पुस ५ गते गरेको संसद् विघटनको विरोधमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनालाई विरोध पत्र बुझाएको हो ।

संविधान सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य भरत साउदको नेतृत्वमा गएको टोलीले संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै नेकपाको पूर्व घोषित कार्यक्रम अनुसार अछाममा पनि सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाइएको बताइएको छ ।

विरोध पत्रमा पुस ५ गते नेपालको संविधानको ठाडो उल्लङ्घन गरी असंवैधानिक अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढङ्गबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेकोले त्यस प्रति आपत्ति सहित घोर भर्त्सना गर्दछौँ भनिएको छ ।

कालोझण्डा, जुलुस सहित बजार परिक्रमा गरी बिच बजारमा भएको विरोध कोण सभा कार्यक्रमलाई संविधान सभा सदस्य तथा नेकपा प्रदेश कमिटी सदस्य भरत साउद, नेकपा अछामका सचिव झपट साउद, नेकपा अछामका विद्यार्थी फाट इन्चार्ज तथा जिल्ला सचिवालय सदस्य भीम बहादुर रावल, युवा सङ्घ अछामका इन्चार्ज शिव बहादुर बोगटीले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सङ्गठन विभाग प्रमुख तथा सचिवालय सदस्य प्रकाश शाहले गर्नु भएको कार्यालय सचिव नमराज न्यौपानेले जानकारी दिनु भयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker